अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीपी राजमार्ग १४ घण्टापछि खुल्यो, दुईतर्फी सवारी सञ्चालनमा

बीपी राजमार्ग १४ घण्टापछि खुल्यो, दुईतर्फी सवारी सञ्चालनमा


काठमाडौं-अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ।

बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा १४ घण्टादेखि राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै यातायात सञ्चालन हुन थालेको हो। आज दिउँसो १ बजेबाट अवरुद्ध हटाएर सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।

सोमबार बेलुका पौने ९ बजे जिल्लाको रोशी गाउँपालिको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो।