अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आगामी बजेट जनताको आशा जगाउने गरी आउनुपर्छः गोकर्ण विष्ट

आगामी बजेट जनताको आशा जगाउने गरी आउनुपर्छः गोकर्ण विष्ट


काठमाडौं-नेकपा एमालेका सांसद गोकर्ण विष्टले आगामी बजेट यथार्थ र जनताको आशा जगाउने गरी आउनेमा कुरामा विश्वस्त रहेको बताउनुभएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद विष्टले विधेयकले अघि सारेका सिद्धान्त र प्राथमिकता आधारभूत रुपमा सही भएको बताउनुभयो।

सांसद विष्टले वर्तमान समयमा युवाहरुको तिब्र विकासको चाहनालाई समेत बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले एकाध प्रतिशतको कमाइले प्राप्त हुने आर्थिक वृद्धि वा प्रतिव्यक्ति आम्दानी अब नचाहिएको भन्दै आधारभूत वर्गको जीवनलाई माथि उठाउनेगरी, श्रमिकको पारिश्रमिक र उत्पादकत्व वृद्धि गर्नेगरि प्राकृतिक स्रोत साधन र राज्यका लाभहरुको न्यायोचित वितरण गर्नेगरी समाजवादको आधार तयार गरिनुपर्नेमा जोड दिनुभयो। विगत केही वर्षयता बजेट निर्माणमा अनुशासनहीता देखापरेको भन्दै उहाँले आउने बजेटले यस्ता अनुशासनहीताको अन्त्य गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो। 

सांसद विष्टले भन्नुभयो, ‘विनियोजन विधेयक २०८२ सदन समक्ष प्रस्तुत भएको छ । विधेयक प्रस्तुत गर्दाका सन्दर्भमा नेपालको संविधानले संवैधानिक हक, निर्देशक सिद्धान्त लगायतका नागरिकप्रतिका केही जवाफदेही र जिम्मेवारीलाई संवैधानिक व्यवस्था गरेको छ। १६ औं योजनाले पाँच वर्ष मुलुकको विकास र अर्थतन्त्रलाई कता लैजाने दिशानिर्देश गरेको छ। लामो समयदेखि नेपालका सन्दर्भमा विकासका केही गम्भीर चुनौतिहरु देखापरेका छन्। खासगरी, न्यून आर्थिक वृद्धि, न्यून उत्पादन र उत्पादकत्व, सार्वजनिक खर्च र स्रोत परिचालनको अवस्था। न्यून पुँजीगत विनियोजन र खर्च क्षमता, आयात निर्यातको फराकिलो असन्तुलन, बेरोजगारी, अन्तर्राष्ट्रिय आप्रवासन, जलवायु परिवर्तनको असर, वैदेशिक सहायताको संकुचनको अवस्था, सुशासनका चुनौति, कमजोर तहगत र क्षेत्रगत समन्वय। यस प्रकार राज्यको निर्देशक सिद्धान्तले राज्यको अर्थतन्त्र कता जाने भन्ने प्रष्ट पारेको छ। देशभित्रै व्यावसायिकमैत्री वातावरण निर्माण गर्नुपर्ने छ। निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने छ। तर, हाम्रा कतिपय कानुन र संरचनासँगै कार्यक्रमहरुपनि व्यवसाय मैत्री छैनन् यसका लागि परिमार्जन जरुरी छ।’

उहाँले बजेटले के सन्देश दिन्छ भन्ने प्रमुख कुरा भएको बताउँदै संविधानले गरेको परिकल्पना पूरा गर्ने र सोही पदचापमा हामी हिड्दैछौं भन्ने सन्देश बजेटमार्फत दिनुपर्नेमा जोड दिनुभयो।