अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौतमबुद्ध क्रिकेट रंगशाला बनेसँगै धुर्मस-सुन्तलीको दुःख हट्छः प्रधानमन्त्री ओली

गौतमबुद्ध क्रिकेट रंगशाला बनेसँगै धुर्मस-सुन्तलीको दुःख हट्छः प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाएर छोड्ने बताउनु भएको छ।

मंगलवार बालुवाटारमा ‘सिनेपा’ चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले नयाँ काम शुरु गरिएको र काम शुरु गरेपछि बनेर छोड्ने बताउनु भयो। प्रधानमन्त्री ओली सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले चितवनमा गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन शुरु गर्दा त्यहाँ धेरै गाह्रो छ काम नथाल्नु भनेको स्मरण गर्दै पछि धेरै दुःख पाएको बताउनुभयो। उहाँले क्रिकेट मैदान बनेसँगै उनीहरुको दुःख हट्ने बताउनु भयो। 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज हामीले नयाँ काम थालेका छौँ। यसलाई सफल बनाउनुपर्नेछ। थालेपछि सफल हुन्छ। मैले गाह्रो छ, बाबुनानु त्यहाँ नथाल न, भन्दाभन्दै धुर्मुस-सुन्तलीले क्रिकेट मैदान शुरु गरे। बहुत दुःख पाए। माया लाग्छ। तर त्यो क्रिकेट मैदान पनि बन्छ। उनीहरुको दुःख कष्ट पनि हट्छ एकदिन। मैले त यही दुःख पाइन्छ भनेर नगर्नु भनेको हो। यति ठूलो काम आँटियो।’


प्रधानमन्त्री ओलीले उनीहरुले धेरै ठूलो काम शुरु गरेको र एकदिन सफल हुने बताउनु भयो ।