अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश सेन्टिमेन्ट र अभिनयले चल्दैनः प्रधानमन्त्री ओली

देश सेन्टिमेन्ट र अभिनयले चल्दैनः प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अभिनय शुरु भएको बताउनु भएको छ। मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले राति मुसा समाउने र बिहान भएपछि पूजापाठ गरेर रुद्राक्ष माला लगाए झैँ गरी चाेखो बन्ने अभिनय राजनीतिमा पनि शुरु भएको बताउनु भयो। उहाँले नयाँ संस्करणको राजनीतिमा भगवानको नाम जप्ने तर काम भने राक्षसको जस्तो गर्ने प्रवृत्ति शुरु भएको टिप्पणी गर्नुभयो। राजनीति अभिनय र सेन्टिमेन्टमा नचल्ने उहाँको भनाइ छ। देश यथार्थले मात्रै बदल्न सकिने बताउनु भयो। 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आजकाल राजनीतिमा पनि अभिनय आएकै छ। राति राति मुसा झ्याप्प, झ्याप्प, झ्याप्प पाल्यो, बिहानै भएपछि यस्तो लगाएर (ठाडो टिका), घण्टी बाँधेर, पाखुरामा रुद्राक्ष बाँधेर यसरी निस्किन्छन् मान्छे की मंगलम भगवान विष्णु… । शान्ति ओं, शान्ति ओं, शान्ति ओं । बाघको पञ्जा चाहिने बेलामा मात्रै निस्किन्छ। अघिपछि टेक्दा पनि नङ्ग्रा हुँदैन। पञ्जा मात्रै हुन्छ। दाह्रा पनि चाहिएको बेलामा मात्रै देखिने रहेछ। यो पनि राजनीतिमा अलिअलि चल्न थालेको छ। अहिले यो नयाँ संस्करणमा। तर राजनीतिको आचरण त्यस्तो होइन, राजनीति न सेन्टिमेन्टमा न अभिनयमा देश बदल्न सकिन्छ। बदल्न भनेको यथार्थमा बदल्ने हो।’

प्रधानमन्त्री ओलीले सिनेपाले सिनेमा क्षेत्रलाई बदल्ने विश्वास व्यक्त गर्नुभयो।