अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुन्छ: प्रधानमन्त्री ओली

चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुन्छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र विकास बोर्डको जग्गा हिनामिनाबारे छानबिन हुने बताउनु भएको छ।मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले यसअघि चलचित्र विकास कम्पनीको नाममा रहेको जग्गा हिनामिना भएको भन्ने गुनासो आएको भन्दै त्यसको छानविन हुने बताउनु भयो। उहाँले उक्त जग्गाबारे छानविन गर्न सम्बन्धित मन्त्री र सचिवलाई निर्देशन दिनुभयो। उहाँले कसैले हिनामिना गरेको छ भने त्यसलाई कानूनी प्रक्रिया पु¥याएर सरकारको नियन्त्रणमा ल्याउने प्रतिवद्धता जनाउनु भयो। 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पहिला चलचित्र विकास कम्पनी भन्ने थियो। चलचित्र विकास कम्पनी त्यसको जमिन पनि हिनामिना छ भनेको सुन्दा म छक्क परेँ। तत्सम्बन्धी मन्त्रालयका मन्त्रीज्यु र सचिवज्यु यहीँ हुनुहुन्छ। हप्ता, १० दिनमा त त्यसको पत्ता लगाइ हाल्नुहोला। के भएको छ, हामी खोज्छौँ। यदी कसैले हिनामिना गरेको छ भने त्यसलाई कानूनी प्रक्रिया पुर्‍याएर कन्ट्रोलमा ल्याउँछौँ।’

प्रधानमन्त्री ओलीले चलचित्र विकास बोर्डको मातहतमा कोष निर्माण गर्ने माग आएको भन्दै कोषप्रति सरकार सकारात्मक रहेको बताउनु भयो।