अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार्छौंः मन्त्री गुरुङ

सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार्छौंः मन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारमाथि गरिने आलोचना र खण्डनहरु स्वीकार गर्न आफूहरु तयार रहेको बताउनुभएको छ। मंगलवार बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

मन्त्री गुरुङले बिग्रिएको ठाउँमा आलोचना गर्न आग्रह गर्दै बिरोधका लागि मात्रै बिरोध नगर्न सचेत गराउनु भयो। उहाँले मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको पनि बताउनुभयो। नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुले नेपालको कानून मान्नैपर्ने बताउनु भयो। 

मन्त्री गुरुङले भन्नुभयो, ‘तपाईंहरु सबैले आलोचना गर्नुस् हामीलाई। हाम्रा कुराहरु खण्डन हुनसक्छ। खण्डन हुनसक्छ। त्यो हामी स्वीकार्न तयार छौँ। कहाँ बिग्रियो त्यो भन्नुहोला। देशको हितमा, यो क्षेत्रको हितमा। जनताको हितमा कहाँ भएन ? लोकतन्त्रको हितमा कहाँ भएन भन्नुहोला। त्यो हामी सहस्र स्वीकार्न तयार छौँ। बिरोधका लागि बिरोध गर्ने भाष्य विकास भइरहेको छ। त्यसको व्यवस्थापनको कुरा गर्दा त्यहाँ पनि हामीले ठूलो ठूलो समस्या भोग्नुपरेको छ। मिडिया काउन्सिल विधेयक अन्तिम चरणमा पुगेको छ। यति धेरै पैसा कमाउने, सोसल नेटवर्क प्लेटफर्महरु छन्। त्यसको प्रयोग जसले गरिरहेको छ। त्यसले नेपालको संविधान मान्नुपर्ने की नपर्ने ? नेपालको कानून मान्नुपर्ने की नपर्ने ? तपाईंहरु सबैले नेपालको कानून मान्नुपर्छ। मैले पर्छ, प्रधानमन्त्रीज्युले पर्छ। राष्ट्रपतिज्युले मान्नुपर्छ। अनि तिनले मान्न नपर्ने भन्ने हुन्छ र दुनियाँमा। त्यसको पक्षमा हामी किन लागिरहेका छौँ। त्यसको नियमन जरुरी छ।’

मन्त्री गुरुङले सोसल नेटवर्कको प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश भइसकेको र चाँडो भन्दा चाँडो पारित गर्ने बताउनु भयो। साइबर क्राइम नियन्त्रण गर्नेकुरा मन्त्रालयको पहिलो प्राथमिकता भएको बताउनु भयो।