काठमाडौं-रौतहटका वरिष्ठ पत्रकार तथा अन्नपूर्णकर्मी फणिदेव महतको निधन भएको छ। ब्रेन ट्युमरबाट लामो समयदेखि पीडित महतको उपचारका क्रममा निधन काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा हिजो राती निधन भएको हो।
महतको निधन भएको प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो।
महतले दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनी अन्नपूर्ण पोस्टका रौतहट संवाददाता थिए भने चन्द्रनिगापुरबाट सञ्चालित रेडियो सुप्रिम र अनलाइन पत्रिका ‘कलमपाटी डटकम’ का सञ्चालक समेत थिए।
पत्रकार महतले प्रेस चौतारी नेपालको मधेश प्रदेश अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए। महतका २ सन्तान छन्। महतको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक निडर र सक्षम पत्रकार गुमाएको छ। महतको पार्थिव शरीर चन्द्रपुर नगरपालिकास्थित घरमा राखिएको छ।
प्रतिक्रिया