अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु


काठमाडौँ-काठमाडौँको मखन गल्लीमा रहेका दुई घरमा आगलागी भएको छ। बुधबार बिहान पौने सात बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास अहिले पनि जारी छ।

आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका ६ वटा दमकल प्रयोग भएका छन् । 

काठमाडौँ महानगर पालिका वडा नम्बर-२४ मखन गल्लि सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको कच्ची घरबाट सुरु भएको आगलागी नजिकैको अर्को पाँचतले पक्की घरमा पनि सल्किएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

आगलागीमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी रहेको काठमाडौँ प्रहरीले जनाएको छ।

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको हो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले  पक्की घरमा सल्किएको छ । 

उक्त  स्थानमा प्रहरी नायव उपरीक्षक कृष्ण  कुमार चन्दको  कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएको छ ।