काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। बैठक आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बस्नेगरी बोलाइएको हो।
सोमबार सार्वजनिक बिदा भएकाले मन्त्रिपरिषद्को नियमित बैठक बस्न सकेको थिएन। आजको बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको एक जना सदस्य नियुक्त गर्ने सम्भावना छ।
समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ।
प्रतिक्रिया