अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढ्यो: अर्थमन्त्री पौडेल

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढ्यो: अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधानमन्त्री एवं आर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढिसकेको बताउनु भएको छ। 

रामेश्वर खनाल नेतृत्वको आयोगले आर्थिक सुधारका लागि सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयनयोग्य रहेको बताउँदै पौडेलले चरणवद्ध रुपमा सुझावहरुलाई कार्यान्वयन गर्न सरकार लागिपरेको बताउनु भएको हो।

अर्थमन्त्री पौडेलका अनुसार स्वयं आयोगले दिएका सुझावहरु तत्कालिन, दीर्घकालिन, मध्यकालिन महत्वका भएकाले तिनलाई चरणवद्ध कार्यान्वयन गरिने बताउनु भयो। प्रतिवेदनका विषयमा आफू मुलभुत रुपमा सहमत रहेको समेत उहाँले बताउनुभयो।  

अर्थमन्त्री पौडेलले भन्नुभयो–‘उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनमा मुलभुत रुपमा सहमत छु, यसले अर्थतन्त्रका धेरै समस्या केलाएको छ । समाधानका उपायहरु समेत केलाएको छ। अहिले बजेटको पूर्वसन्ध्या छ। यो प्रतिवेदनलाई बजेटमार्फत सम्बोधन गर्न कति सकिन्छ कति सकिँदैन म अहिले पनि यकिन छैन । मेरो कोशिस आयोगले सुझाएका धेरै विषय वस्तु सम्बोधन गर्न सकियो भन्ने नै छ।’

उच्चस्तरीय आयोगको प्रतिवेदनमा कानून संशोधनका विषयवस्तु धेरै रहेकाले कानून बन्न समय लाग्ने भएकाले ती क्रमश कार्यान्वयनमा जाने बताउनु भयो। 

नेपाल उद्योग पािरसंघका अध्यक्ष राजेशकुमार अग्रवालले लगानी बिस्तार हुन नसक्नुको कारण अस्थीर नीति भएको बताउनु भयो। 

नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्ग कार्यक्रममा लगानीकर्तालाई नेपाल सरकारका निकायले कतिबेला कस्तो नीति लिन्छ भन्ने पत्तो नभएको बताउँदै उहाँले एक वर्ष एउटा नीति र अर्को वर्ष फरक नीति सरकारले लिदाँ लगानीकर्ता आजित भएको बताउनु भयो। उहाँकाअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरु अविलम्व कार्यान्वयनमा लैजान जरुरी छ।  लगानीकर्ताले सरकारले लिएको नीति हेरेर लगानी गर्ने भएकाले छिटोछिटो नीति परिर्वतन गर्न हुँदैन।