काठमाडौं-मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक केहीबेरअघि सुरु भएको हो।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति, गभर्नर सिफारिस समितिलाई पूर्णतालगायत महत्त्वपूर्ण निर्णय लिन बैठक बसेको हो। त्यस्तै बैठकले सहसचिव शोभाकान्त पौडेल सचिव बढुवा गर्न सक्ने बताइएको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले अध्यक्ष र सदस्यको नाम टुंगो लगाएर कानुन मन्त्रालयलाई बुझाएसँगै मन्त्रिपरिषद् बैठकमार्फत निर्णय गरेर आयोग पदाधिकारी नियुक्त गरेर पूर्णता दिन लागिएको हो ।
प्रतिक्रिया