अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

संखुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते


सङ्खुवासभा-सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बुधबार साँझ चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जानकारी दिएको हो।

हावाहुरीसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि  प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको थियो। उपचारकै क्रममा उनको त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तैगरी चट्याङ लागेर १५ वर्षीय प्रतीक तामाङ, ४२ वर्षीया कल्पना तामाङ र १९ वर्षीय रिजन तामाङ गम्भीर घाइते भएका छन्। 

गम्भीर घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।