अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सतुङ्गलको कपडा गोदाममा आगलागी

सतुङ्गलको कपडा गोदाममा आगलागी


काठमाडौँ-काठमाडौँको चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित  चार तल्ले आर.आर. कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ। 

आज बिहान ५ः २० बजे उक्त गोदाममा आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ। 

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ । 

आगो नियन्त्रणमा चन्द्रागिरि नगरपालिका, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौँ महानगर पालिकाको २ वटासहित ६ वटा दमकल प्रयोग गरिएको थियो ।