अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट ल्याउने मिति सारौँ: विमलेन्द्र निधि

बजेट ल्याउने मिति सारौँ: विमलेन्द्र निधि


काठमाडौँ-नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेस गर्ने दिन परिवर्तन गर्न माग गर्नुभएको छ।

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै  सांसद  निधिले बजेट ल्याउने दिन परिवर्तन गर्न माग गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘जेठ १५ गते सबैभन्दा महत्वपूर्ण दिन हो गणतन्त्र दिवस । जेठ १५ गते अर्को कामकाजी दिवस हो बजेट ल्याउने। अब गणतन्त्र र बजेटको अन्तर हेर्ने हो भने गणतन्त्रको ‘वेटेज’ धेरै हुन्छ, तुलना गर्न सकिदैन। बजेट र गणतन्त्रलाई  तुलना गर्न सकिदैन । यसैले बजेट ल्याउने दिन संशोधन गरियोस्।’

निधिले सभामुख देवराज घिमिरेलाई पनि संसद्को कार्यसूची तय गर्ने अधिकार सभामुखलाई हुने भन्दै बजेट ल्याउने दिनलाई परिवर्तन गर्न आग्रह गर्नुभयो।