अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अब १४ महिनापछि प्रधानमन्त्री पद देउवाजीलाई हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली

अब १४ महिनापछि प्रधानमन्त्री पद देउवाजीलाई हस्तान्तरण गर्छुः प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताउनुभएको छ।

बिहीवार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। उहाँले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताउनु भयो। प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले प्रधानमन्त्री हस्तान्तरण गर्ने बताउनुभयो। 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘१४ महिनापछि एउटा थप मानार्थ फेला पर्छ। १४ महिनापछि त म पनि त्यही हो मानार्थ। तपाईंहरुकै सदस् । अहिले यो सबै संयोग हो । कतिपय योग्य मान्छेहरु यसमा आउनै नपाएर बाहिरै बसेका छन्। मौका पाएका छैनन । सबैले एकै ठाउँमा मौका पाउँदैनन् । कसैले पटक पटक पाउँछन्। अब शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री हुनुभयो। मौका उहाँलाई जुर्छ क्या त्यो । के गर्नु ? अब फेरि जुर्नेवाला छ। मैले १४ महिनापछि शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु।’

प्रधानमन्त्री ओलीले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्वअध्यक्ष हुने बताउनु भयो।