अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विनियोजन विधेयक उपयुक्त दिशातर्फ उन्मुख छ, कार्यान्वयनमा ध्यान दिइओस्ः प्रकाश शरण महत

विनियोजन विधेयक उपयुक्त दिशातर्फ उन्मुख छ, कार्यान्वयनमा ध्यान दिइओस्ः प्रकाश शरण महत


काठमाडौं-नेपाली कांग्रेसका सांसद प्रकाश शरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले यस्तो बताउनुभएको हो।

अगामी आर्थिक वर्षको बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर ठोस प्रश्तावहरु ल्याउन सक्नुपर्ने बताउनुभयो। उहाँले बढ्दो लोकप्रियतावादबाट माथि उठ्न जरुरी रहेको रहेको बताउनुभयो। उहाँले दलका शिर्ष नेतृत्व नै लोकप्रियताका लागि प्रतिष्पर्धामा उत्रिँदा मुलुकमा अनावश्यक अपेक्षा सिर्जना गरेको बताउनु भयो। सांसद महतले बजेट निर्माणका क्रममा उपलब्ध साधन स्रोतको प्रभावकारी उपयोग र प्राथमिकिकरणमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। 

सांसद महतलेले भन्नुभयो, ‘समग्रमा अर्थमन्त्रीयुद्वारा प्रश्तुत विनियोजन विधेयकका सिद्धान्त र प्रथमिकता उपयुक्त दिशातर्फ उन्मुख छ। मुलभूत रुपमा आउने दिनमा कार्यान्वयनको अवस्था के रहनेछ ? बजेटले यी सिद्धान्त र प्राथमिकताहरुलाई समेटेर अगाडी बढ्न ठोस प्रश्तावहरु कसरी ल्याउँछ। तर यसमा केही कुराहरु छन् जसमा हामी अझै ठोस ढङ्गबाट प्रश्तुत हुन सक्थ्यौं। अहिलेको अवस्था के छ भने लोकप्रियतावादबाट हामी अगाडि बढ्न जरुरी छ। लोकप्रियतावादले यो देशमा धेरै समस्याहरु सिर्जना गरेको छ। अनावश्यक एक्सपेक्टेसन बढाएको छ। लोकप्रियताकै लागि दलका नेताहरु प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले हामीले आफूसँग भएको साधन स्रोतलाई कसरी प्राथमिकिकरण गर्ने ? कसरी एक एक पैसाको सदुपयोग गर्ने ? भन्ने नीतिको मात्रै प्रभावकारिता देखिन्छ । त्यसले मात्रै मुलुकको अर्थतन्त्र उकास्न ठोस योगदान गर्छ भन्ने मलाई लागेको छ।’

अब बजेटमार्फत घोषणा गर्नेमात्र नभई काम गर्न थाल्नुपर्नेमा सांसद महतको जोड छ।