काठमाडौं – प्रतिनिधि सभा सदस्य एलपी साँवाले आगामी बजेटले पुँजीगत खर्चलाई प्रभावकारी रुपमा बढाउने र चालु खर्च घटाउने तथा रोजगारीका अवसरी सिर्जना गर्नुपर्नेमा जोडदिनु भएको छ ।
बजेटका सिद्धान्त र प्राथमिकतामा आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सावाले आगामी बजेटले वित्तीय अनुशासन कायम गराउने र जनतामा देश निर्माण हुन्छ भन्ने दृढ आशा जगाउने दिशामा कदम चाल्ने अपेक्षा राखिएको बताउनुभयो ।
सरकारले सबै वस्तुगत परिस्थितिलाई मध्यनगर गरेर विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेको भन्दै सांसद सावाले मुलुकको अर्थतन्त्रलाई कता लैजाने र आगामी बजेट कसरी प्रस्तुत हुन्छ भन्ने कुरालाई दिशाबोध गरेको उल्लेख गर्नुभयो ।
साँसद साँवाले आगामी बजेट सिद्धान्त र प्राथमिकतामा आधारित भई यथार्थ र जनतामा आशा लगाउने गरी आउने विश्वास व्यक्त गर्नुभएको छ ।
सबै सन्तुलन कायम गरेर बजेट आउने अपेक्षा गर्दै सांसद साँवाले भन्नुभयो,विकासको ढाँचा,गति र संस्कृति बदल्ने, राष्ट्रिय आवश्यकता अनुरुपको आर्थिक सुधार गर्ने प्रतिबद्धता यो विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तले गरेको छ ।
आगामी बजेटले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पनालाई पुरा गर्ने दिशामा अगाडि बढेको सन्देश दिनुपर्नेमा सांसद साँवाको जोड छ ।
सांसद साँवाले अन्तराष्ट्रिय कनेक्टिभिटी बढाउन हवाई पूर्वाधार विकासमा जोड दिनुपर्ने तथा नेपाल भित्रिएका पर्यटकहरूको बसाइँ सुविधा र बसाइँ अवधि बढाउन सडक पूर्वाधारमा जोड दिनुपर्ने सुझाव दिनुभएको छ ।
साँवाले भन्नुभयो यति गरेमा पर्यटकको सङ्ख्या वृद्धि हुने,रोजगारी वृद्धि हुने साथै राजस्व वृद्धिमा समेत योगदान पुग्ने छ ।
प्रतिक्रिया