काठमाडौं-राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएको छ।
युवा, विद्यार्थी दिवसको अवसर पारेर संगठनको ११ औँ जिल्ला अधिवेशन राष्ट्रिय युवा संघ नेपालका संस्थापक नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीकै जन्मघरमा सम्पन्न भएको हो।
अधिवेशनबाट अनिल नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ। जसको उपाध्यक्षमा मण्डेला चोम्बाङ र सचिवमा भरत कार्की निर्वाचित हुनुभएको छ।

यसै गरी उप–सचिवहरू यादव खापुङ र विजय सिङक निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा सुनिता गुरुङ चुनिनु भएको छ । त्यस्तै युवा विज्ञ परिषद् प्रमुखमा जीवनकाजी थापा निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष क्षितिज थेबेले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया