काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको स्पष्ट पार्नुभएको छ।
शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन अब सुदूरको खतरा नरहेको भन्दै यो अब अहिलेको समयको सबैभन्दा ठूलो चुनौति बनेको उल्लेख गर्नुभयो। पृथ्वी, जनता, समृद्धिमा यसले ठूलो प्रभाव पार्ने बताउनु भयो । जलवायु परिवर्तनबाट कुनैपनि समाज पूर्ण रुपमा असुरक्षित नरहेको बताउनु भयो। जलवायु परिवर्तनको असरमा नेपालको भुमिका नरहे पनि नेपाललै सबैभन्दा बढी क्षति व्यहोरिरहेको बताउनु भयो।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जलवायु परिवर्तन अब सुदूरको खतरा रहेन। यो हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो। यसले सबै थोकलाई लपेट्छ- हाम्रो पृथ्वी, हाम्रा जनता, र हाम्रो साझा समृद्धि। कुनै पनि राष्ट्र यसबाट अछुतो छैन। कुनै पनि समाज पूर्ण सुरक्षित छैन। तर सबैभन्दा बढी असर तिनीहरूमाथि परेको छ, जो यसको लागि सबैभन्दा कम जिम्मेवार छन्। यो संकट ल्याउनमा हाम्रो खासै भुमिका छैन। तर यसको सबैभन्दा कठोर परिणाम हामीले नै भोगिरहेका छौं। हिमनदीहरू पग्लिरहेका छन् । वर्षा अनिश्चित बन्दै गइरहेको छ। पहिरोहरूले घर–बास बगाइरहेका छन्। बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै हामी डटिरहेका छौं। हाम्रा उत्सर्जनहरू न्युन छन् । लगभग नगण्य छन्। तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन्। हाम्रा हिमालय- पूरै क्षेत्रलाई चिस्याउने प्रकृतिको आफ्नै जलवायु सन्तुलिका हुन्।’
प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा नेपालको भुमिका उल्लेख्य रहेको भएपनि नेपालले नै बढी जलवायु परिवर्तनका जोखिम भोगिरहेको बताउनु भयो ।








प्रतिक्रिया