काठमाडौं-आज जेष्ठ ३ गते । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको रहष्यमय जीप दुर्घटनामा मृत्यु भएको दिन ।
पार्टीको कास्की जिल्ला अधिवेशनलाई उद्ध्घाटन गरेर चितवनमा आयोजना गरिएको अनेमसंघको भेलालाई सम्बोधन गर्न भरतपुरतर्फ जाने क्रममा चितवनको दासढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।
नेकपा माले र नेकपा माक्सर्वादीबीच २०४७ सालमा पार्टी एकता भएर नेकपा एमाले भएपछि भण्डारी महासचिव हुनु भएको हो । धाराप्रवाह रुपमा भाषण गर्ने सक्ने कलाका कारण भण्डारी छोटो समयमा नै नेपाल र नेपाली माझ लोकप्रिय बन्नु भएको थियो । त्यती मात्र होइन अमेरिकाको न्यूजविक पत्रिकाले भण्डारीको एउटा अन्तर्वार्ता लिएको थियो । उक्त पत्रिकाले भण्डारीलाई कार्लमाक्र्ससँग तुलना गर्दै लेखेको थियो कार्लमासक्र्स लिभ्स इन नेपाल । सन् १९९१ मे २७ का दिन प्रकाशित भएको सो अन्तर्वार्ताले मदन भण्डारीलाई विश्वभरी नै चर्चित बनायो ।
नेपालका कार्लमाक्र्स भनेर चिनाइएका भण्डारीले २०४९ माघ १४ देखि २० गते सम्म भएको नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेसनमा नेपाली क्रान्तीको मौलिक कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद प्रस्ताव गर्नुभयो । उक्त प्रस्ताव महाधिवेशनले पारित गरेपछि एमालेको मार्गदशर्क सिद्धान्तका रुपमा स्विकारिएको छ । आम कार्यकर्ताले जबज भन्ने गरेको सिद्धान्तले नेकपा एमालेका सबै कार्यकर्तालाई मदन भण्डारीसँग आत्मियभावको सम्बन्ध जोडेको पाइन्छ ।
राजालाई श्रीपेच खोलेर राजनीतिमा आउन चुनौति दिने भण्डारीको चर्चित भाषणका कारण एमाले र गैह्र एमाले सबैले उहाँलाई प्रत्यक्ष देख्न चाहन्थे । पार्टीको मात्र होइन देशकै नेतृत्व लिएको हेर्न चाह्न्थे । सोही आकांक्षा बमोजिम २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा भण्डारीले तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसा भट्टराईलाई पराजित गर्नुभयो । उहाँले काठमाडौं १ र ५ गरी दुई क्षेत्रबाट शानदार विजय हासिल गर्नुभयो । संसदमा प्रवेश गरेपछि भण्डारीले व्यक्त गरेका विचार र निर्वाह गरेको भूमिकाले उहाँको राजनीतिक आयातन थप बढेर गयो । आम नेपाली जनताले उहाँप्रतिको भरोसा बढाइरहेका बेला चितवनको दास ढुंगाामा परी भण्डारीको निधन भयो । जसले भण्डारीले सरकारको नेतृत्व गरेको हेर्न चाहना आम नेपालीको आकांक्षा त पुरा हुन सकेन तर भण्डारीको निधनको शोकलाई शक्तिमा बदल्ने एमालेको संकल्पले २०५१ सालको निर्वाचनमा एमाले ठूलो दल बन्यो र पार्टीका अध्यक्ष मनमोहन अधिकारीले सरकारको नेतृत्व गर्नुभ्यो ।
जनताको बहुदलीय जन
वाद भनेको के हो ?
प्रतिक्रिया