जननेता मदनकुमार भण्डारी र कुशल संगठन जीवराज आश्रितलाई आज असाध्यै भारी मनका साथ सम्झने, श्रद्धासुमन व्यक्त गर्ने र उहाँहरूले पहिल्याउनुभएको बाटोलाई पछ्याइरहन संकल्प दोहोराउने दिन– जेठ ३ गते ।
नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका कमिटीले वडा नं ८ को शुक्रबारे दोहलुमा आयोजना गरेको बृहत्त वृक्षरोपण कार्यक्रम मार्फत यो कालजयी नेतृत्वलाई सम्झने अवसर मिल्यो । मदनकुमार भण्डारीको गृहजिल्ला मोरङको यो भूमिबाट उहाँहरूले पहिल्याउनुभएको बाटोलाई पछ्याइरहन संकल्प लिइरहँदा
१. जननेता मदनकुमार भण्डारी नेपाली राजनीतिमा सुस्पष्ट बिचार र बिचारनिर्देशित व्यवहारले आकर्षित व्यक्तित्व हुनुहुन्थ्यो,
२. जननेता मदनकुमार भण्डारीले राष्ट्रिय हित र स्वाधीनताको संरक्षणको प्रश्नमा सधैँभरि दृढसंकल्पका साथ वकालत गरिरहनुभयो,
३. जननेता मदनकुमार भण्डारीले राजनीतिक संगठनमा मात्र होइन, नेपाली नागरिकको सार्वभौम अधिकारसम्पन्न संसदमा समेत भौगोलिक एकता र सांस्कृतिक अखण्डताको नेतृत्व गर्नुभयो,
४. विषयवस्तुलाई छिचोलेर अध्ययन गर्नुहुने र अध्ययनका निष्कर्षलाई पनि द्वन्द्ववादी विश्लेषणका आधारमा ग्रहण गर्नुहुने जननेता मदनकुमार भण्डारीले नेपालको बाम–प्रजातान्त्रिक आन्दोलनको नेतृत्व मात्र गर्नुभएन, बरु आदर्शपुरुषको रूपमा आफूलाई उभ्याउनुभयो,
५. कम्युनिष्ट आन्दोलन निर्माणमा चाहिने अध्ययन, लगन, इमान, निष्ठा, अनुशासन र आचरणको पर्याय बन्नुभएका बहुआयमिक व्यक्तित्व जननेता मदनकुमार भण्डारी सामुहिकतामा विश्वास गर्नुहुन्थ्यो,
६. जननेता मदनकुमार भण्डारीले नेपाली समाजलाई यहाँको हावापानी र मौलिकतामा आधारित रहँदै सुक्ष्म अध्ययन गर्नुभयो र समृद्धि प्राप्तिको दिशामा रणनीतिक महत्त्वको कार्यक्रमिक योजनासहित कार्यक्रम अघि सार्नुभयो,
७. जननेता मदनकुमार भण्डारीले फरकफरक १४ वटा विशेषतासहितको जनताको बहुदलीय जनवादमार्फत दिग्भ्रमित, खण्ड–खण्डमा ध्रुवीकृत र क्रमशः पलायन हुन लागेको कम्युनिष्ट आन्दोलनलाई संसदीय अभ्यासमार्फत स्थापित गर्ने काम गर्नुभयो,
८. जननेता मदनकुमार भण्डारीले सोभियत कम्युनिष्ट विघठनसँगै खुम्चिएको विश्व कम्युनिष्ट आन्दोलनमा यसको नयाँ संस्करणस्वरुप गत्तिलो ईटा थप्नुभयो, बिचार र व्यवहारको संयोजनले यसको राजनीतिक बैचारिक नेतृत्व गर्नुभयो,
९. उहाँको सहयोद्धा जीवराज आश्रितले जननेता मदनकुमार भण्डारीद्वारा प्रतिपादित कार्यक्रम, बिचार र आदर्शनिक आधारलाई संगठनात्मक स्वरुप दिने सफल अभ्यास गर्नुभयो ।
यसलाई पछ्याइरहने दृढसंकल्पसहित जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितप्रति हार्दिक श्रद्धासुमन ।
प्रतिक्रिया