अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मदन-आश्रित स्मृति दिवशमा झापामा रक्तदान कार्यक्रम

मदन-आश्रित स्मृति दिवशमा झापामा रक्तदान कार्यक्रम


बिर्तामोड – झापामा ३२ औं मदन- आश्रित स्मृति दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।

नेकपा एमाले झापाको आयोजना र बिर्तामोड नगर कमिटीको सह आयोजनामा रक्तदान कार्यक्रम जिल्ला पार्टीको परिसरमा आयोजना गरिएको थियो ।

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईका अनुसार बिर्तामोडका ६३ सहित १०२ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडको प्राबिधिक सहयोगमा कार्यक्रम सफल भएको जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो ।

झापामा बढ्दो रगत अभावलाई मध्यनजर गर्दै मदन(आश्रित स्मृति दिवसमा रक्तदान आयोजना गरिएको अध्यक्ष गिरीको भनाई छ । मदन आश्रितको तस्वीरमा नेताहरुले माल्यार्पण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।