चितवन – जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितको जीप दुर्घटना स्थल चितवनको दासढुंगामा दासढुंगामा स्मृति सभाको आयोजना गरियो । नेकपा एमाले चितवनको आयोजना र मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा भएको कार्यक्रममा नेता कार्यकर्ताहरुले नेताद्वयको शालिकमा माल्र्यापण गर्नुका साथै शब्दहरुद्वारा श्रद्धासुमन व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले मदन भण्डारीमा वैचारिक क्षमता अद्भूत रहेको बताउनुभयो । मदन भण्डारीलाई उदृत गर्दै पाण्डेले भन्नुभयो “उहाँको एउटा महत्वपूर्ण कुरा भिन्न कोणबाट कसैले कुरा ग¥यो भने त्यो कुरालाई तुरुन्तै ड्राफ्ट गर्नुहुन्थ्यो । यो तपाईले भनेको कुरा मिल्दैन नि कमरेड ? भन्यो भने या त उहाँले त्यसलाई कन्भिन्स गर्नुहुन्थ्यो, कि तपाईले भनेको कुरा ठीक हो भन्नुहुन्थ्यो ।”
मदन र आश्रितको परिवारले धेरै ठूलो सेक्रिफाईस गरेको भन्दै उहाँले भन्नुभयो “हामीले एक दिन दासढुंगामा आएर फूल चढाउँछौं, तर उहाँहरुको परिवारले अभिभावक र परिवारको मूली गुमाएको छ ।” परिवारको मूली मान्छे गुमाउँदाको पीडा धेरै ठूलो हुने उहाँको भनाई थियो ।
जीवराज आश्रितको श्रीमती माया सुत्केरी हुँदा खाने चामल पनि नभएको चर्चा गर्र्दै उपाध्यक्ष पाण्डेले भन्नुभयो “आश्रितले पार्टीलाई खाने चामल छैन भन्न नचाहने, हामीलाई थाहा भएपछि पार्टीमा छलफल गरेर, चन्दा उठाएर पार्टीले नै चामलको व्यवस्था गरेको थियो ।” जतिसुकै कठिनाई भएपनि आफ्नो दुःख नदेखाउने नेता आश्रित भएको उहाँले बताउनुभयो । कार्लमाक्सको छोरी मर्दा लास उठाउने पैसा नभएर कोट बेचेर उठाएको चर्चा गर्दै उहाँले उपाध्यक्ष पाण्डेले आश्रित मार्लमाक्स जस्तै नेता रुपमा चित्रण गर्नुभयो ।
एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज नेपालको राजनीतिमा जनताको बहुदलीय जनवाद परीक्षण भएको विचारका रुपमा देशमा स्थापित भएको बताउनुभयो । उहाँले भन्नुभयो “तीन दशकको अभ्यासबाट प्रमाणित भईसकेको छ कि नेपालको राजनीतिको सफल सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ हो । यसकारण हामी जननेता मदन भण्डारीलाई सम्झन्छौं ।”
जीवराज आश्रितलाई कुशल संगठकको रुपमा लिने गरिएको चर्चा गर्दै अधिकारीले भन्नुभयो “बि।सं। २०४९ सालमा सिपी मैनालीलाई पार्टीले कारवाही ग¥यो, त्यसपछि पार्टीमा महासचिव को बन्ने रु भन्ने छलफल हुँदा जीवराज आश्रितको नाम पहिलो नम्बरमा आयो, तर उहाँले पार्टी महासचिव म बन्न उपयुक्त छैन, तपाईको प्रस्तावका लागि धन्यवाद भन्नुभयो ।” त्यसकारण आश्रित कुशल संगठकसँगै आदर्श नेता पनि भएको उहाँको भनाई छ ।
संगठन विभाग प्रमुख अधिकारीले अगाडि भन्नुभयो “आज दासढुंगामा उभिएर केही संकल्प गर्नुपर्छ । हाम्रो जे विचार र सिद्धान्त छ, त्यो विचार र सिद्धान्त अनुसारको जीवन व्यवहार आजको आवश्यकता हो ।” दासढुंगाबाट संकल्प गरेर जानु पर्ने भन्दै उहाँले अगाडि थप्नुभयो “हामी आफूलाई कम्युनिष्ट भन्छौं, आजको आवश्यकता सच्चा कम्युनिष्ट भएर देश र जनताका लागि समर्पित हुने संकल्प दासढुंगामा उभिएर गर्नुपर्छ ।”
हाम्रो क्रान्ति पूरा नभएको भन्दै प्रमुख अधिकारीले भन्नुभयो “हामी परिवर्तनको बीचमै छौं । अहिले पनि हामी आर्थिक र साँस्कृतिक क्रान्तिको दौडमा छौं । यो क्रान्तिलाई पूरा गरेर यो नेपाललाई समृद्धि नेपाल बनाउँदै हामीले यो देशमा वैज्ञानिक समाजवादको आधार निर्माण गर्नु छ ।”
एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले जेठ ३ लाई अध्यारो दिनको रुपमा चित्रण गर्नुभयो । मदन र आश्रितलाई षड्यन्त्रमूलक ढंगबाट दुर्घटना गराईएको भन्दै उहाँले भन्नुभयो “नेपालको राजनीतिमा अहिलेसम्म जिउँदो प्रश्न उठिरहेको छ, त्यही प्रश्नको घेरोभित्र आज जम्मा भएका छौं ।” नेपालको कम्युनिष्ट आन्दोलनलाई जीवित बनाउन एउटा विचार दिने काम मदनले गर्नुभएको उहाँको भनाई थियो । ढुंगेलले भन्नुभयो “उहाँले देखाईदिएको बाटो र मार्गदर्शनमा हामी हिँडिरहेका छौं ।”
जीवराज आश्रितका छोरा डा। सागर न्यौपानेले कालो दिनको संज्ञा दिंदै उहाँले षड्यन्त्रपूर्वक देशी विदेशी शक्तिहरुले नेताद्वयको हत्या गरेको बताउनुभयो । उहाँले नेताहरुले देखेको सपना पूरा गर्न संकल्प गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इञ्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य एवं वागमती प्रदेश संसदीय दलका नेता जेएन थपलिया, एमाले जिल्ला अध्यक्ष कमल पाठक लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा। तिलचन्द्र भट्टराई लगायत पदाधिकारी तथा सदस्यहरु, एमाले जिल्ला, प्रदेश, केन्द्रीय समितिका विभिन्न तहमा रहेका नेताहरु, युवा, विद्यार्थी, जनप्रतिनिधि सहित ठूलो संख्यामा सर्वसाधारण र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
बि।सं। २०५० साल जेठ ३ गते नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगामा नेकपा ९एमाले० का तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो ।
प्रतिक्रिया