अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रेस चौतारीमा आवद्ध पत्रकारलाई सकारात्मक बिचार निर्माणमा लाग्न मुख्यमन्त्री कँडेलको आग्रह

प्रेस चौतारीमा आवद्ध पत्रकारलाई सकारात्मक बिचार निर्माणमा लाग्न मुख्यमन्त्री कँडेलको आग्रह


सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रेस चौतारी नेपाल सत्य, तथ्य र निष्पक्षको मुलमर्ममा हिँड्ने संगठन भएको बताउनुभएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिको दोस्रो पूर्ण बैठक एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पेशागत मर्यादालाई पहिलो प्राथमिकतामा राखेर आमनागरिकलाई सूचना सम्प्रेषण गर्ने थलोको रुपमा चौतारीलाई उभ्याउनु पर्नेमा जोड दिनुभयो । कतिपय अवस्थामा व्यक्ति केन्द्रित प्रवृत्ति चौतारीमा हावी हुने उल्लेख गर्दै भ्रामक सूचना प्रवाह गरेर अन्तरविरोध सिर्जना हुने सामग्री सम्प्रेषणमा लाग्न नहुने उहाँको भनाई थियो । चौतारी नेकपा एमालेको अग्रणी जनवर्गीय संगठन भएको उल्लेख गर्दै समृद्ध देशको संकल्प पुरा गर्न सकरात्मक विचार निर्माण गर्नेगरी अघि बढ्नु पर्नेमा उनको जोड थियो । उहाँले सत्य सुचना नलुकाउन र मित्थ्या सुचना नफैलाउन चौतारीमा आवद्ध पत्रकारहरुलाई आग्रह गर्नुभयो ।


चौतारी प्रदेश समिति अध्यक्ष प्रेमराज सिम्खडाको अध्यक्षता र केन्द्रीय अध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले ११ बुँदे कर्णाली घोषणापत्रसमेत जारी गरेको छ । बैठकमा नेकपा एमाले स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, नेकपा एमाले कर्णाली प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष एवं जनवर्गीय संगठन समन्वय संयन्त्रका प्रदेश संयोजक टेकराज पछाई, संगठनका केन्द्रीय महासचिव हिरामान लामा, कर्णाली प्रदेश इन्चार्ज यामप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु बिनोद लम्साल, मालती केसी, आकाशतारा बयक, ओमप्रकाश आचार्य, निवर्तमान प्रदेश अध्यक्ष प्रकाश अधिकारी लगायतको उपस्थिती थियो । उक्त बैठकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवि पत्रकारको पेशागत हकहित र दक्षता अभिवृद्धि एवं मिडिया उद्योगको संरक्षण र विकासको सन्दर्भमा महत्वपूर्ण छलफल भएको थियो ।
यस्ता छन् बैठकले जारी गरेका ११ बुँदे घोषणा पत्र
कर्णाली घोषणापत्र–२०८२
१. प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवि पत्रकारहरुको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानुन, नीतिनियम, निर्णयको कार्यान्वयन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने संकल्प गर्दछौँ ।
२. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाहको स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा अभ्यास र नेपालको संविधानले आत्मसाथ गरेको सिद्धान्त अनुकूल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगको वातावरण निर्माणका लागि जोडदार माग गर्दछौँ ।


३. कर्णाली प्रदेशका आमसञ्चार क्षेत्र व्यवस्थापन तथा नियमनका लागि कर्णाली प्रदेश सरकारलाई यथाशीघ्र कानुन निर्माण गरी सञ्चार प्रतिष्ठान गठन गर्न माग गर्दछ । साथै कर्णाली प्रदेशमा रहेका संघसंगठनलाई संस्थागत सुधारका लागि सहयोग उपलब्ध गराउन यो बैठक प्रदेश सरकारसँग माग गर्दछ ।
४. आम सञ्चार माध्यमहरूमा समाचार लेखेकै भरमा पत्रकारमाथि विभिन्न दबाब सिर्जना गर्ने, चरित्रहत्या गर्ने तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध भइरहेका हर्कतहरू बन्द गर्न यो बैठक माग गर्दछ ।
५. पत्रकार महासंघको सदस्यता शुद्धिकरणको अभियान थप सशक्त रूपमा अघि बढाउन माग गर्दछ ।
६. श्रमजीवी पत्रकार सम्बन्धी ऐन जारी भएको तीन दशक भईसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन नसकेको बिडम्बनापूर्ण यथार्थप्रति यो बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । श्रमजीवी पत्रकारहरुको न्यूनतम् पारिश्रमिक, औषधी उपचार, बिदा, बीमा सुविधा, उपदानलगायत सामाजिक सुरक्षाको ग्यारेन्टी माग गर्दै समयसापेक्ष पारिश्रमिक वृद्धि गर्न माग गर्दछौँ ।
७. यो बैठक श्रमजीवि पत्रकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई माग गर्दछ ।
८. कर्णालीमा श्रमजीवी पत्रकारले सञ्चालन गरेका साना लगानीका स्वरोजगारमूखी सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धनका लागि लोककल्याणकारी विज्ञापन प्रदान गर्दै आएको छ । यस कार्यका लागि प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्दै लोककल्याणकारी विज्ञापन वर्षभरी नै प्रदान गर्ने वातावरण निर्माण गर्न यो बैठक कर्णाली प्रदेश सरकारसँग माग गर्दछ ।
९. बैठकले प्रदेश समितिको वार्षिक कार्ययोजना कार्यान्वयन गर्दै केन्द्रीय समितिको निर्देशनबमोजिम वि.स. २०८२ लाई प्रशिक्षण वर्षका रुपमा सफल बनाउन प्रेस चौतारी निकट सञ्चारकर्मीहरुका लागि वैचारिक, सांगठनिक र पेशागत क्षमता अभिवृद्धि तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरेको छ । प्रेस चौतारी नेपालले घोषणा गरेको प्रशिक्षण वर्ष–२०८२ लाई कर्णाली प्रदेशमा उत्साहमुलक रुपमा कार्यान्वयन ग