अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम


काठमाडौं – देशका केही भूभागमा आज हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

यी प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ रहेको विभागले जनाएको छ ।

मधेस प्रदेशलगायत कोसी, लुम्बिनी, सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ ।

काठमाडौंमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।