अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि

कोशी प्रदेश सभाको सातौँ अधिवेशन आजदेखि


विराटनगर-कोशी प्रदेश सभाको सातौँ अधिवेशनको पहिलो बैठक आज बस्दैछ। बैठकअघि आइतबार बिहान कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बसेको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोसी प्रदेश प्रमुख परशुराम खापुङले कोसी प्रदेश सभाको सातौँ अधिवेशन आइतबारदेखि सुरु हुनेगरि आह्वान गरेका हुन्। 

आज दिउँसो २ बजे बस्ने कोसी प्रदेश सभाको बैठकमा दलहरूको तर्फबाट धारणा राख्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश सभाको बैठक बस्ने बारेमा कोसी प्रदेशको प्रदेश सभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम प्रदेश सभा सदस्यहरूलाई  एक हप्ता अगाडि नै जानकारी गराइएको छ।

आजदेखि सुरु हुने प्रदेशसभाको सातौँ अधिवेशनले नीति तथा कार्यक्रम ल्याउने तथा बजेट छलफलपछि पारित गर्ने छ।