अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना


काठमाडौं-मन्त्रिपरिषद्को बैठक आज साँझ बस्दै छ। आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ। 

सरकारले गत बुधबार गभर्नर सिफारिस समिति गठन गरेको छ । समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे समितिमा रहेका छन् ।

समितिको बैठक आजै बसेर गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने जनाइएको छ । समितिले सिफारिस गरेका ३ जना मध्येबाट एक जनाको नाम मन्त्रिपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।