अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अनिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु हुँदैन: गृहमन्त्री लेखक

कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अनिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु हुँदैन: गृहमन्त्री लेखक


काठमाडौं-गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अनिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नहुने बताउनुभएको छ।

प्रतिनिधि सभामा सांसदहरूका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो। उहाँले कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्न नहुने र धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अनिष्ट पूरा गर्ने काम गर्न नहुने बताउनु भयो।

गृहमन्त्री लेखकले कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने नहुने बताउनुभयो। उहाँले तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न नमिल्ने बताउनु भयो। हिन्दु धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्ने भन्दै त्यो दर्शन र आदर्श तीनकुनेमा नदेखिएको बताउनु भयो। 

गृहमन्त्री लेखकले भन्नुभयो, ‘कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अनिष्ट पूरा गर्नका लागि प्रयोग गर्न हुँदैन। कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन। धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अनिष्ट पूरा गर्ने काम गर्नु हुँदैन। कुनै पनि हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन। कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने होइन। तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन। हिन्दु धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्दछ। त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन। हिंसालाई धर्मसँग जोड्न सकिँदैन। तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरीत छ। जसलाई कुनै पनि विषयमा उचित मान्न सकिँदैन।’

गृहमन्त्री लेखकले तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरीत भएकाले कुनै पनि हालतमा उचित मान्न नसकिने बताउनु भयो।