अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुख्यमन्त्री कार्कीद्वारा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर भवनको शिलान्यास  

मुख्यमन्त्री कार्कीद्वारा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर भवनको शिलान्यास  


उर्लाबारी-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले  उर्लाबारी-३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ भवनको शिलान्यास गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले २०८२ जेठ ५ गते सोमबार मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर भवनको शिलान्यास गर्नुभएको हो।  

शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अजम्बर राई, कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई, पूर्व सांसद गुरु बराल, पूर्व सांसद घनश्याम खतिवडा, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी कुमार राई, उर्लाबारी नगरपालिकाकी कार्यबाहक प्रमुख मिना खतिवडा पौडेल, लक्ष्मी भण्डारी, लगायत विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशका सांसदहरू उमाकान्त गौतम र शोभा पालुङ्गाले योजना ल्याउन खेलेको भूमिकाको प्रशंसा गर्दै, योजना सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने र आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मदन भण्डारी अस्पताल २०४९ साल चैत्रमा प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा स्थापना भई २०७२/७३ मा १५ शैयाको र २०७७ साल साउनमा ५० शैयाको अस्पतालमा स्तरोन्नति भएको हो। अस्पतालले हालसम्म वैराग्यसेवा अन्तर्गत १ लाख १० हजार ८ सय ७८ जनालाई सेवा दिइसकेको छ। जसमध्ये ९७ हजार ५ सय ४२ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध थिए। त्यस्तै, आईपिडी सेवा अन्तर्गत १ हजार ७ सय २५ जना, आकस्मिक सेवा अन्तर्गत ७ हजार ८९ जनाले सेवा लिएका छन्।

सर्जरी सेवामा समेत सक्रिय अस्पतालले १ हजार ६ सय ७६ जनाको मेजर र माइनर सर्जरी गरिसकेको छ भने ल्याब परीक्षण ४ लाख ५३ हजार ८ सय ५२ पटक, एक्सरे २३ हजार ६ सय १७ पटक, युएसजी १४ हजार १ सय ७३ पटक, ईसिजी ६ हजार ७ सय ९२ पटक, डेन्टल सेवा ४ हजार ६ सय ७६ पटक र इको सेवा ३ हजार ४ सय ६२ पटक प्रदान गरिएको छ।

६० शैयाभन्दा बढी क्षमताको यस अस्पतालमा अर्थोपेडिक सर्जरी, इन्टरनल मेडिसिन, जनरल सर्जरी, डेन्टल सर्जरी, गाइनोकोलोजी, प्याथोलोजी लगायतका विभागका विशेषज्ञ चिकित्सक रहेका छन भने आईसीयू, सिटी स्क्यान लगायत अत्याधुनिक सेवा उपलब्ध छन्।