अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट भएको हो। 

प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एक घण्टादेखि छलफल जारी छ। उहाँहरुबीच सोमबार नै भेट्ने तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो।

प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेट नभएपछि मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो।