काठमाडौं-नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमीसम्बन्धी समस्याको समाधान र व्यवस्थित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ।
मंगलवार प्रतिनिधि सभामा भूमी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको छलफलमा भाग लिँदै उहाँले विधेयकले नागरिकको भूमीसम्बन्धी हकलाई सुनिश्चित गर्ने बताउनु भयो। उहाँले राज्यका नीतिअन्तर्गत संविधानमा गरिएको व्यवस्थाअनुरुप चल्न खोज्दै गर्दा हिजो राजाको हुकुमबाट व्यक्तिगत रुपले जग्गा बाँड्ने तरिकामा अभ्यस्त भएका र त्यसको प्रवृत्तिका रुपमा अझैपनि स्वरहरु सुनिनु नौलो कुरा नभएको टिप्पणी गर्नुभयो । जनताको समस्या समाधान गर्न खोज्दा कार्यकर्तालाई बाँडेको प्रवृत्ति देखिनु दुःख विषय भएको उहाँको भनाई थियो।
उहाँले भन्नुभयो, ‘विधेयक अघि बढाएकोप्रति सरकारलाई धन्यवाद भन्न चाहन्छु । नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकसम्बन्धी व्यवस्था । संविधानको भाग ४ मा राज्यका निर्देशक सिद्धान्तहरुमार्फत गरिएको प्रवन्ध । राज्यका नीतिहरुअन्तर्गत संविधानमा गरिएको व्यवस्था। यसको माध्यमबाट नागरिकहरुको भूमीसम्बन्धी हकलाई सुनिश्चित गर्ने । नेपाल सीमाभित्र रहेको जमीनको सुरक्षा, भोगचलन र त्यसको माध्यमबाट मुलुकको समृद्धिका लागि योगदान पुराउने कुराका लागि भूमीसम्बन्धी समस्यालाई समाधान गर्नु र थप व्यवस्थित गर्नु आजको आवश्यकता हो । त्यो पूरा गर्न यो विधेयकले महत्वपूर्ण योगदान पु¥याउने छ । यद्यपी यो व्यवस्थाअनुसार चल्न खोज्दै गर्दा हिजो राजाको हुकुमबाट व्यक्तिगत रुपले जग्गा बाड्ने हिजोको तरिकामा अभ्यस्त भएका र त्यसैको प्रवृत्तिका रुपमा आएका आजका स्वरहरु आज सुन्छौं । आज कानुनवमोजिम व्यवस्थित गर्न खोजेको विषय पनि कार्यकर्तालाई बाँडेको देख्छन् । जनताको समस्या समाधान गर्न खोज्दा कार्यकर्तालाई बाँडेको देख्ने प्रवृत्ति यो दुखद् विषय हो । यसबाट नेपाली समाजलाई यस्तो प्रवृत्तिबाट मुक्त गर्नु जरुरी छ ।’
उहाँले वर्तमानमा देखिएका चुनौति र समस्याको समाधान गर्दै नेपाली समाजलाई यस्तो प्रवृत्तिबाट मुक्त गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।
प्रतिक्रिया