काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। बैठक साँझ ६ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो। सोमबारका लागि तय भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो।
आजको मन्त्रिपरिषद बैठकबाट राष्ट्र बैंकले नयाँ गभर्नर पाउने चर्चा छ। तर, सिफारिस समितिले भने निर्णय गरिसकेको छैन।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य छन्।






प्रतिक्रिया