अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा

गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा


काठमाडौं-गभर्नर सिफारिस समिति बैठक सुरू भएको छ। अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बसिरहेको छ।

बैठकमा अर्थमन्त्रीसहित सदस्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी हुनुहुन्छ। अहिले बसीरहेको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न सक्ने सम्भावना छ।