अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राजावादीहरूको आन्दोलन जनताविरुद्धको आन्दोलन हो: शङ्कर पोखरेल

राजावादीहरूको आन्दोलन जनताविरुद्धको आन्दोलन हो: शङ्कर पोखरेल


दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूको आन्दोलन राजनीतिक दल र व्यवस्थाविरुद्ध नभई जनताविरुद्धको भएको टिप्पणी गर्नुभएको छ।

मंगलबार दाङमा आयोजित ४१ औं नेत्रलाल पौडेल अभागी स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजावादीहरूले १५ जेठदेखि गर्ने भनेको आन्दोलन जनताविरुद्धको भएको टिप्पणी गर्नुभएको हो।

‘गणतन्त्रले के दियो भन्दै भ्रम फैलाएर जेठ १५ देखि राजावादीले आन्दोलन गर्ने घोषणा गरेका छन्’, महासचिव पोखरेलले भन्नुभयो, ‘त्यो आन्दोलन कुनै राजनीतिक दलका र व्यवस्थाका विरूद्व होइन,नेपाली जनताका विरूद्व हो । हामीले यो कुरा जनतालाई बुझाउन सक्ने कि नसक्ने ?’

महासचिव पोखरेलले राजसंस्था कहिल्यै जनताका पक्षमा नभएकाले गलत कुराका पछि नलाग्न आग्रह गर्नुभयो। राजावादीले जनतालाई निरंकुशताको जाँतोमुनि पिसेर समाजमा लामो समय शोषणको राज चलाएको भन्दै महासचिव पोखरेलले उनीहरूले गणतन्त्र र जनताको सार्वभौम सत्ताविरुद्ध प्रहार गरिरहेको बताउनुभयो।