अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौँ- मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अघि मन्त्रिपरिषद् बैठक सुरू भएको हो।

सोमबारका लागि तय भएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो।

आजको मन्त्रिपरिषद बैठकबाट राष्ट्र बैंकले नयाँ गभर्नर पाउने चर्चा छ। 

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको सिफारिस समितिले नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा राष्ट्र बैंककै कायममुकायम गभर्नर डा.नीलम ढुंगाना, अर्थविद् डा. विश्वनाथ पौडेल र पूर्वसचिव दिनेश भट्टराईकाे नाम सिफारिस गरिसकेको छ।