अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउने पहल पहिलो प्राथमिकतामा हुन्छ: नव नियुक्त गभर्नर पौडेल

मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउने पहल पहिलो प्राथमिकतामा हुन्छ: नव नियुक्त गभर्नर पौडेल


काठमाडौं-नेपाल राष्ट्र बैंकका नव नियुक्त गर्भनर डा. विश्वनाथ पौडेलले मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले गर्भनर नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै नव नियुक्त गर्भनर पौडेलले यस्तो बताउनु भएको हो। नव नियुक्त गर्भनर डा. पौडेलले भन्नुभयो, ‘मुलुकलाई ‘ग्रे लिष्ट’ बाट हटाउन पहल गर्ने आफ्नो पहिलो प्राथमिकता हुन‍ेछ।’

गर्भनर पौडेलले सुपरिवेक्षणलाई प्रभावकारी बनाउने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरूको सूक्ष्म अध्ययन गरेर वित्तीय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि पहल गर्ने बताउनुभयो। उहाँले पुँजी बजारको मनोबल बढाउने गरी काम गर्ने बताए । ‘पुँजी बजारको मनोबल बढाउने राष्ट्र बैंकको दायित्व हो,’ उहाँले भन्नुभयो।

गर्भनर पौडेलले वित्तीय क्षेत्रको स्थिरता आफ्नो प्राथमिकतामा रहने बताउनुभयो। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १८ औं गभर्नरमा नियुक्त गरेपछि पौडेलले राष्ट्र बैंकलाई सही दिशामा अगाडि बढाउनका लागि सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउने बताउनु भयो । धेरै नियम कानून नल्याई सुपरीवेक्षणमा बढी केन्द्रित हुने उहाँको भनाइ छ ।