अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस


काठमाडौँ-नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सिद्धि विक्रम शाहलाई अतिरिक्त महानिरिक्षक(एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ। 

मंगलबार गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी नेतृत्वको बढुवा समितिले शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । शाह हाल विशेष ब्युरोका प्रमुख हुन्। 

आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने पदमा शाह बढुवा हुने भएका हुन्।

आचार्य अवकास हुनु एकसाता पहिले नै सिफारिस भएपनि एक सातापछि मात्रै मन्त्रिपरिषदको बैठकले उनलाई बढुवा गर्ने निर्णय गर्नेछ।