अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नवनियुक्त गभर्नर डा. पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर डा. पौडेलद्वारा पदभार ग्रहण


काठमाडौँ-नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ। वालुवाटारस्थित बैङ्कको कार्यालयमा आज पदभार गर्नुहुँदै उहाँले बैङ्क तथा वित्तीय संस्थाको सुपरीबेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो।उहाँले भन्नुभयो, ‘हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरीवेक्षणलाई पनि बढाउनुपर्छ। त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ।’

काठमाडौँको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरमा बुधबार नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत गर्दै कर्मचारीेहरु ।

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा पौडेलले बताउनुभयो। त्यस्तै  राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उहाँले उल्लेख गर्नुभयो।

त्यस्तै, राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा पौडेलको भनाइ छ। डा. पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको  तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको थियो । त्यसलगत्तै उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गर्नुभएको थियो।