अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौशालामा बस अनियन्त्रित भएर ७ वटा सवारीलाई ठक्कर दिँदा तीन जना घाइते

गौशालामा बस अनियन्त्रित भएर ७ वटा सवारीलाई ठक्कर दिँदा तीन जना घाइते


काठमाडौँ-काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बसले अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ।

एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारीलाई ठक्कर दिंदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। 

घाइते हुनेमा धादिङ घर भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोट घर भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङ घर भएका ३७ वर्षीय शैलेन्द्र राई छन्। राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् । 

बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भई दुर्घटना हुँदा सडकमा गुडिरहेका केही सवारीमा समेत ठक्कर दिएको थियो। दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। 

अनियन्त्रित बसका चालक भने फरार रहेको

ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक फरार रहेको प्रहरीले बताए ।

ठोक्किएका सवारीको विवरण

१) बा ५ ख ६७३५ नं को बाबा गोकर्णेश्वर यातायात (चालक फरार रहेको)
२) बा ५ ख ७३१ नं को हायस, (चालक काभ्रे घर हुने बर्ष ३४ को रक्तिम लामा)
३) बा.प्र-०१-०२६ च ८५७६ नं को कार, (चालक सिन्धुपाल्चोक घर हुने बर्ष २७ को राम तामाङ)
४) B AC ९७७३ नं को कार, (चालक वर्ष ५३ को त्रिरत्न प्रजापती)
५) बा १६ च ४४५२ नं को कार, (चालक काठमाडौं टोखा घर हुने बर्ष ४१ को प्रेम प्रसाद गेलाल)
६) प्र-२-०१-००३ प १००५ नं को मो.सा, (चालक काठमाडौं कोटेश्वर बस्ने बर्ष ३७ को शैलेन्द्र राई)
७) बा ५१ प २२ नं को मोटरसाइकल, (चालक काठमाडौं टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ)
८) बा.प्र-०२-०४६ प ४८१९ नं को स्कुटर (चालक भक्तपुर घर हुने बर्ष १९ कि स्मिता ढुङगेल)