चितवन-चितवनको नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर-२९ गाईघाटमा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।
आज बिहान नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा ट्रक चालकसहित ७ जना घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
यस्तै, दुवै सवारीसाधनको अगाडिको भागमा क्षति भएको छ। दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पूर्णरूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया