काठमाडौँ-पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदै हुनुहुन्छ। पूर्व राष्ट्रपति भण्डारी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा जेठ १० गते शनिवार छिमेकी राष्ट्र चीन भ्रमणमा जान लाग्नुभएको हो।
उहाँसँगै भ्रमण दलमा एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, एमाले नेतृ गोमा देवकोटा तथा देवी भट्टचनलगायत रहेको उनीनिकट स्रोतले जनाएको छ।
चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाट समेत गर्ने कार्यक्रम तय भएको जनाएको छ।
पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहनु हुने छ।
प्रतिक्रिया