अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

‘मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी’

‘मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी’


काठमाडौँ-नेपालमा विगत १० वर्षमा मनसुनजन्य आठ हजार चार सय ४१ घटना भएकका छन्। बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले यसबारेमा जानकारी गराउनुभएको हो।

मनसुनजन्य विपद्का कारण विगत १० वर्षमा बाढीका एक हजार ६ सय दुई वटा घटना भएका छन्। त्यस्तै पहिरोका दुई हजार आठ सय ४०, भारी वर्षाका एक हजार पाँच सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको बताउनुभयो।

विगत १० वर्षमा चट्याङका दुई हजार चार सय घटना रहेको जानकारी दिनुभयो । यस वर्ष गत वर्षभन्दा बढी पानी पर्ने र तातो पनि सरदरभन्दा बढी हुने बताउनुभयो। यस वर्ष गत वर्षको भन्दा बढी प्रताडित हुनसक्ने आँकलन रहेको र सोहीअनुसार पूर्वतयारीको काम गरिरहेको बताउनुभयो।

उहाँले मनसुनजन्य क्षति न्यूनीकरणका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको पनि जानकारी दिनुभयो । सबै काम संघबाट गर्न नसकिने भन्दै स्थानीय तहलाई उसको जिम्मेवारी दिनुपर्ने बताउनुभयो । स्थानीय तहको क्षमता विकास गर्न पनि जरुरी रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘१० वर्षमा विपद्जन्य घटनाहरु हेर्दा बाढी, पहिरो, भारी वर्षा, चट्याङ त्यस्ता खालका घटनाहरु धेरै छन्। बाढीका एक हजार ६ सय दुई, पहिरोका दुई हजार ८ सय ४०, भारी वर्षाका एक हजार पाँच सय ९७, चट्याङका घटनाहरु पनि बढेर गएको छ । दुई हजार चार सय छन्।  ८ हजार चार सय ४१ घटनाहरु मनसुनजन्य विपद्को हाम्रो १० वर्षमा भएका छन् ।’’ उहाँले समाजलाई जिम्मेवार बनाउन नसकेसम्म विपद् व्यवस्थापन दुरुस्त हुन नसक्ने जिकिर गर्नुभयो।