काठमाडौं-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ। सभापति देउवाले पार्टीको आन्तरिक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न लाग्नु भएको हो। छलफलका लागि सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठ शीर्ष नेताहरूलाई बोलाउनु भएको एक स्रोतले जानकारी दिएको छ।
आज सभापतिले पार्टीको पदाधिकारी तथा शीर्ष नेताहरूसँग सरसल्लाह गर्ने स्रोतले बताए। औपचारिक पदाधिकारी बैठक भने नभएको जनाएको छ।
प्रतिक्रिया