अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ

नेपालमा गणतन्त्र गोलीले होइन, बोलीले आएको होः सञ्चारमन्त्री गुरुङ


काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपालमा गणतन्त्र गोलीद्वारा नभइ बोलीबाट आएको बताउनु भएको छ।

बिहीवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङ यस्तो बताउनुभएको हो।

सञ्चारमन्त्री गुरुङ नेपालमा गणतन्त्र बुलेटबाट नभइ ब्यालेटबाट आएको र बुलेटबाट आएको नसोच्न माओवादीलाई पटक पटक आफूले आग्रह गरेको समेत उल्लेख गर्नुभयो।

सञ्चारमन्त्री गुरुङले अहिलेको सत्तापक्ष र प्रतिपक्ष गणतन्त्र पक्षधर रहेको पनि बताउनुभयो। उहाँले गणतन्त्रको आलोचना र टिप्पणी गर्न पाइने तर राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी भएको जिकिर गर्नुभयो। 

मन्त्री गुरुङले भन्नुभयो, ‘यो मुलुकमा गणतन्त्र गोलीद्वारा होइन, बोलीद्वारा आएको हो। बुलेटद्वारा होइन, ब्यालेटबाटै आएको हो। माओवादीहरुले बुलेटबाट गणतन्त्र ल्याउँछौं भनेको त्यो दिन भएन भनेर जिस्काइरहेको हुन्छु मैले। अहिले सत्ता पक्ष, प्रतिपक्षमा जोजो छौँ, सबै गणतन्त्रको पक्षधर छौँ। गणतन्त्रको आलोचना, टिप्पणी गर्न पाइन्छ। राजतन्त्रको पक्षमा लाग्ने कुरा, मुलुक विखण्डनमा लाग्ने कुरा संविधान विरोधी हो । प्रजातन्त्र, लोकतन्त्र, जनता विरोधी हो। त्यो सीमाभित्र रहेर काम गर्नुपर्छ।’

मन्त्री गुरुङले राजावादीहरुलाई बोल्ने अधिकार दिँदा डराएको भन्ने नसोच्न चेतावनी समेत दिनुभयो।