अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मुक्ति समाजको अध्यक्षमा पुनः मनोहर विश्वकर्मा, पदाधिकारीमा को-को परे ?

मुक्ति समाजको अध्यक्षमा पुनः मनोहर विश्वकर्मा, पदाधिकारीमा को-को परे ?


काठमाडौं-नेकपा एमाले भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा पुनः मनोहन विश्वकर्मा पौडेल निर्वाचित हुनुभएको छ। काठमाडौंमा बिहीवार सम्पन्न सातौं राष्ट्रिय सम्मेलनबाट मनोहन पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।

मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलन २०८२ जेठ ५ गतेदेखि ७ गतेसम्म तय गरिएकोमा बिहीवार बिहान मनोहरको नेतृत्वमा १५१ सदस्यीय सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक तथा अध्यक्षमण्डलका अध्यक्ष भानुभक्त ढकालले जानकारी दिनुभयो।

सम्मेलनले उपाध्यक्षमा निर्मल देउला र मैना अछामीलाई चयन गरेको छ। यस्तै महासचिवमा अनुभूति बम नेपाली, उपमहासचिवमा सोम पोर्तेल र चार सचिवहरूमा टेक घतानी, कमला बराल किश्वकर्मा, तेजकुमार बिके र मानदेव हजरा सर्वसम्मत चयन हुनुभएको छ ।

सम्मेलनले समाजको केन्द्रीय सदस्य खुलातर्फ प्रेम भुल, भारम सुनार, काशी खाती, हरि रसाइली, कृष्ण गदाल, मंगल नेपाली, नवीन घतानी, रवि सेन्चुरी, सन्त परियार, उमेश विश्वकर्मा, दशरथ राम, बलबहादुर परियार र सत्यराज स्नेहीलाई चयन गरेको छ।

त्यस्तै, महिला सदस्यतर्फ नन्दकला दमाई, निर्मला परियार, मनबुजा विश्वकर्मा, सावित्रा परियार, अस्मिता परियार, अन्जना गहतराज, कल्पना रामदाम, हर्कमाया विश्वकर्मा, धनमाया विश्वकर्मा, रिता रिजाल, लक्ष्मी विश्वकर्मा, गीतादेवी राम र बालकुमारी विश्वकर्मा चयन भएका छन् ।

सम्मेलनले कोशीबाट २० जना, मधेशबाट ११ जना, बागमतीबाट १९ जना, गण्डकीबाट १७ जना, लुम्बिनीबाट १८ जना, कर्णालीबाट १३ जना, सुदूरपश्चिमबाट १४ जना र अल्पसंख्यकबाट ४ जनालाई सदस्य चयन गरेको छ । समाजको लेखा आयोगको अध्यक्षमा गोपाल परियार, उपाध्यक्षमा कुमार विश्वकर्मा, सचिवमा नरेन्द्र भित्रिकोटी चयन भएका छन् ।

त्यस्तै, अनुशासन आयोगको अध्यक्षमा अफिलाल ओखेडा, उपाध्यक्षमा गोविन्द पासवान र सचिवमा कृष्ण नेपाली चयन भएका छन् भने निर्वाचन आयोगको अध्यक्षमा सुन्दर विश्वकर्मा, उपाध्यक्षमा शान्ति वर्मा र सचिवमा जयबहादुर विक चयन भएका छन् ।

सम्मेलनको उदघाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको थियो।