काठमाडौंं-नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले सडक दुर्घटनाको जोखिम दिनहुँ बढिरहेकोले नियन्त्रणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभएको छ।
बिहीबार बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले खनिरहेका सडकहरू अव्यवस्थित र अवैज्ञानिक तरिकाको भएकाले जोखिम बढिरहेको बताउनुभएको हो।
सांसद गौतमले आगामी दिनमा प्राकृतिक कारणले आउने जोखिमभन्दा मानवीय अदूरदर्शीताका कारण उत्पन्न हुने जोखिम न्युनिकरणमा काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले चेतना अभावका कारण सानातिना विषयले पनि मानिसहरु मरिरहेको भन्दै त्यस्तो अवस्था आउन नदिन सचेतना कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, ‘जोखिमहरु बढ्ने कारणहरु हाम्रो वस्तीहरु, हामीले खनीरहेका बाटाघाटाहरु, अव्यवस्थित र वैज्ञानिक तरिकाबाट अनुसन्धान नगरी, माटोको अवस्थाको जानकारी नलिई जताततै बाटो खनिरहँदा र बाटोको छेउ किनारलाई सुरक्षा दिने व्यवस्था नहुँदा हुने जोखिमहरुमा ध्यान दिनु आवश्यक छ। हामीले अब आउँदा दिनहरुमा प्राकृतिक कारणले आउने जोखिम एउटा हो र मानवीय अदूरदर्शिताका कारणले उत्पन्न हुने जोखिमहरुलाई अब आइन्दा यस खालका जोखिम ननिम्तने गरि व्यवस्थित तरिकाले अघि बढाउने विषयमा सल्लाह सुझाव दिँदै गर्नुहोला। हुम्लामा घटना घटिसकेपछि त्यहाँका जनताले पानी खान पाएनन् भन्ने कुरा आइरहेको छ। त्यस्तो हुँदा तत्काल खानेपानीको व्यवस्था गर्न नसकिएको अवस्थामा पनि त्यसको विकल्पका रुपमा जुन पानी त्यहाँ हुन्छ। त्यही पानीलाई शुद्धिकरण गर्ने विधिहरुको बारेमा पनि उनीहरुलाई जानकारी गराउनुपर्छ। विपदबाट जोगाउने कुरा एउटा हो र तत्काल मानिसहरुलाई मर्न नदिने साना तिना विषयले पनि मानिसहरु मर्न नपाउने खालको सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ। त्यसका लागि हामीले गर्नुपर्ने कामका लागि हामी सधैं सँगै रहनेछौं।’
उहाँले विपद् न्युनिकरणका लागि सञ्चालन गरिने सचेतनाका कार्यक्रमहरुमा आपूmहरुको सधैं साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया