अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादवको प्यानलै विजयी

नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादवको प्यानलै विजयी


जनकपुरधाम – नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित हुनुभएको छ ।
जिल्ला अधिवेशनमा भोलाको प्यानलै विजयी भएको छ । भोलाले ४०२ मत ल्याएर निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २०० मत पाउनुभएको छ।
पार्टीको उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले मात्र १६० मत पाउनुभयो । यस्तै सचिवमा दिपनारायण ठाकुर विजयी हुनभएको छ । उहाँसँग प्रतिस्पर्धा गरेका धिरेन्द्र मण्डलले २२५ मत प्राप्त गर्नुभएको छ । यस्तै पुरुषतर्फ उपसचिवमा ३८० मतसहित सबिन विक्रम थापा र महिलातर्फ उपसचिवमा ३९१ मतसहित रुपाकुमारी मिश्रा निर्वाचित हुनुभएको छ । पुरुषतर्फका प्रतिस्पर्धी हरिकिशोर यादव १९५ र महिलातर्फ किरण कापर १८४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै लेखा समिति अध्यक्षमा वीरेन्द्र लाल कर्ण ३६५ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी अनिल कुमार यादवले २०७ मत प्राप्त गर्नुभयो।

पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो । ६२८ मतदातामध्ये ६१५ मतदाताले मतदान गरेका थिए । सदस्यहरूको परिणाम घोषणा गर्न बाँकी छ ।

उम्मेदवारको विषयमा विवाद भएपछि मतदानको अन्तिम तयारी भइसकेको अवस्थामा वैशाख २३ मा दुई समूहबीच कुटाकुट भएको थियो । कुटाकुटका कारण सो दिन स्थगित भएको मतदान बिहीबार कडा सुरक्षा घेरामा गराइयो ।