अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कछुवा जस्तो घस्रिएर होइन, खरायो जस्तो तेज भएर काम गर्न भौतिक मन्त्री दाहालको निर्देशन

कछुवा जस्तो घस्रिएर होइन, खरायो जस्तो तेज भएर काम गर्न भौतिक मन्त्री दाहालको निर्देशन


काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधीन पूर्वाधारका योजना तथा आयोजनाहरूको निर्माण गति बढाउन निर्देशन दिनुभएको छ।

सडक विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको वार्षिक एकिकृत सडक मर्मत योजनालाई संवोधनका क्रममा उहाँले चालु आर्थिक वर्षको वाँकि अवधीलाई अधिकतम उपयोग गर्न समेत निर्देशन दिनुभयो। ‘यो वर्षको समय सकिन लागेको छ, सवै भन्दा बढि काम गर्नु पर्ने बेला पनि यहि हो’ मन्त्री दाहालले भन्नुभयो, ‘अब कछुवा जस्तो घस्रिएर होइन, खरायो जस्तो तेज भएर काम गर्नु होला।’

आफुले जिम्मेवारी लिए देखिनै रुग्ण आयोजनाहरुको समस्या समाधानमा प्राथमिकता दिएको उल्लेख गर्दै मन्त्री दाहाले समस्या देखिएका आयोजनाहरुको समाधान तर्फ लाग्न समेत निर्देशन दिनुभयो। अब शुरु हुने कुनै पनि आयोजनाहरु अलपत्र हुन नदिन ध्यान दिन उल्लेख गर्दै मन्त्री दाहालले समस्या लुकाउने नभई सामुहिक प्रयासबाट समाधान खोज्न पनि आग्रह गर्नुभयो।

वर्षायाम शुरु हुन लागि सकेकाले क्षति भएका तथा निर्माणाधिन सडकहरुमा यातायात अवरुद्ध हुन नदिने गरि विकल्प तयार पार्न भन्दै उहाँले अधिकतम श्रोत साधन परिचालन गरेर भए पनि यातायात अवरुद्ध हुन नदिन समेत निर्देशन दिनुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत रुग्ण आयोजनाहरुको समस्या समाधानमा ध्यान दिन निर्देशन दिँदै योजना, आयोजनाहरु अलपत्र पार्ने क्रम रोक्न आग्रह गर्नुभयो। कार्यक्रम सडक विभागका महानिर्देश रामहरी पोखरेलको अध्यक्षतामा भएको हो।