अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पोखरामा राष्ट्रिय युवा संघको १०औं महाधिवेशन सुरु

पोखरामा राष्ट्रिय युवा संघको १०औं महाधिवेशन सुरु


पोखरा-नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन पोखरामा सुरु भएको छ। अमरसिंह चौरमा आयोजित उद्घाटन सत्रलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आज साँझदेखि पोखरा सभागृहमा बन्दसत्र सुरु हुनेछ।

महाधिवेशनलाई एमाले महासचिव शंकर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले सम्बोधन गर्नुहुने राष्ट्रिय युवा संघ नेपालका कोषाध्यक्ष राकेश राईले जानकारी दिनुभयो।

युवा संघको महाधिवेशनबाट एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र चार जना सचिवसहित १५१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ। जबकि अहिले ३३३ सदस्यीय केन्द्रीय कमिटी र १७ जना पदाधिकारी छन्।

४० वर्ष नाघेकाहरू स्वतः संगठनको नेतृत्वबाट बाहिरिने भएकाले केही सहज भने छ। उमेर हदका कारण उपाध्यक्षहरू अमित लामा, पुष्प श्रेष्ठ, रमेश तिवारी, सीता सुवेदी र अनिता कन्दङ्गवा संगठनबाट अलग भइसकेका छन्।

अध्यक्षमा पाँच जनाको चर्चा

युवा संघ नेपालको महाधिवेशनमा नेतृत्वका लागि भने अहिलेसम्म अध्यक्षमा पाँच जनाको चर्चा छ। वर्तमान अध्यक्ष क्षीजित थेबे, उपाध्यक्षहरू कृष्णहरी केसी, प्रकाश गौतम, महाराज गुरुङ र महासचिव सुमन पुरीले अआकांक्षा देखाउनुभएको छ। पार्टी नेताहरूका अनुसार थेबे, गुरुङ वा पुरीमध्ये एक जनाले अध्यक्ष बन्ने सम्भावना बढी छ। अहिले युवा सङ्घको केन्द्रीय कमिटी तीन सय ३९ सदस्यीय छ। 

महासचिव पदमा उपमहासचिव राजन थापा, सचिव निरोज पौडेल, खेम शर्मा, पर्वत भण्डारी, विनय शाह, कुबेर अधिकारी र महेश चौलागाईं आकांक्षी छन्। धेरैको चाहना महासचिव पदमै छ। कोषाध्यक्ष राकेश राईले पनि दाबी गर्ने पद उपाध्यक्ष वा महासचिव नै छ।

परिवर्तित नीतिअनुसार युवा संघमा दुई जना उपाध्यक्ष हुने छन्। जसमा एक जना महिला अनिवार्य गरिएको छ। महिला उपाध्यक्षमा शारदा पछाईं, नीशा लिम्बू, रेशु तामाङ, अनुपमा राईले आकांक्षा राखेका छन्। खुलातर्फ बलराम बेलबासे, राजन थापा लगायतको चर्चा  छ।

विधान बमोजिम चार जना सचिव निर्वाचित हुनेछन्। तर यो पदमा पनि आकांक्षी संख्या धेरै छन्। सचिवालय सदस्यहरू विनोद राई, मदन गिरी, मदन भण्डारी, मोहम मिजमलगायत सचिव पदका स्वभाविक आकांक्षी छन्।

२०८२ फागुन १८ गते बसेको एमाले सचिवालय बैठकले जनसंगठनहरूमा पदाधिकारी संख्या ९ मा सीमित गर्ने निर्णय गरेको थियो। उक्त नयाँ नीतिअनुसार युवा संघका पदाधिकारीको संख्या १७ बाट घटाएर ९ मा झारेको छ। अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, उपमहासचिव र चार सचिव चयन गरिनेछ।

महाधिवेशनबाट १५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ। प्रमुख नेताहरूबीच छलफल तीव्र भइरहेका बेला महाधिवेशनको समापनसम्म नेतृत्व टुंगिने अपेक्षा गरिएको छ।