अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मान्छे र वन मान्छेमा जति फरक छ, ओली र दाहालबीच त्यति नै फरक छ: महेश बस्नेत

मान्छे र वन मान्छेमा जति फरक छ, ओली र दाहालबीच त्यति नै फरक छ: महेश बस्नेत


काठमाडौँ-नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता नपाएको झोकमा देश दौडाहा हिँडिरहेको टिप्पणी गर्नुभएको छ।

आज कास्कीको पोखरामा आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाट सत्रलाई सम्बोधन गर्दै नेता बस्नेतले जागरण अभियानमा रहेका दाहालप्रति यस्तो टिप्पणी गर्नुभएको हो।

नेता बस्नेतले भन्नुभयो, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूको शब्द सापटी लिएर भन्नु पर्दा मान्छे र वन मान्छेका बीचमा जति फरक छ, कमरेड केपी ओली र प्रचण्डका बीचमा त्यति नै फरक छ। कमरेड केपी ओली राष्ट्रवादी नेता हो, देशभरि अस्पतालहरूको उद्घाटन एकैपटक गर्ने नेता हो, धरहरा बनाउने नेता हो।’

नेता बस्नेतले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका विरुद्धमा घेराबन्दीको प्रयास भइरहेको पनि बताउनु भयो। तिनका विरुद्ध आफूहरू खडा भएर उत्रिने चेतावनी समेत दिनुभयोर। मुख्यत: राजावादीहरूले यो प्रयास गरिरहेको उल्लेख गर्दै बस्नेतले राजतन्त्र नफर्किने दाबी गर्नुभयो।

पूर्वराजा ज्ञानेन्द्र शाह अब टिकट काटेर मात्रै नारायणहिटी छिर्ने टिप्पणी गर्दै नेता बस्नेतले बताउनु भयो। उहाँले भन्नुभयो, ‘एमालेको वैशाखीमा सांसद बनेका राजेन्द्र लिङ्देनहरूले आज कमरेड केपी ओलीलाई भाग्नका लाग हेलिकोप्टरको व्यवस्था गर्ने अभिव्यक्ति दिएछन्।’